कमल सिंहको ‘कसम’

काठमाडौं । मोडल कमल सिंह र ललना चिमरियाबीचको प्रेम र रोमान्सले भरिपूर्ण अभिनय रहेको ‘कसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोको छायाङ्कन गौतमबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रभित्र गरिएको छ । यस गीतमा स्वर गायक साइराज खातीको र शब्द कुमार मिश्रको र सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ ।

गीतमा मोहित मुनालले सङ्गीत संयोजन गरेका छन् । ‘कसम तिम्रै माया लाग्छ’, ‘कसम तिम्रै याद आउँछ ढाँट्या होइन मैले तिम्रै माया लाग्छ’, ‘भूल्या छैन तिम्रो न्यानो माया’, ‘तिमी नै छौं दिलको दायाँबायाँ’, ‘कसम तिम्रै माया लाग्छ, कसम तिम्रै मात लाग्छ’, ‘लजालु त्यो मुहार मिठो मुस्कान, मखमली केस, गाजलु ती नयन’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

बुद्ध थापाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका र भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । भिडियो ’केके अक्टेभ’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । निर्माण समूहले भिडियो हेरेर प्रतिक्र्रिया दिन दर्शकसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *