तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ।

हिजो आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हजिो आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *