तारा थापाको तीज गीत ‘नाचौं संगी’

काठमाडौँ । गायिका तारा थापा र गायक विवेक रकको स्वरमा तीज गीत ‘नाचौं संगी’ को भिडियो सार्वजनिक गरिएको छ। किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत रहेको गीता मेलोडी नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाले कोरियोग्राफी गरेका छन् ।

पवन सुस्लिङ्गले छायाँकन गरेको भिडियोमा गम्भीर विष्ट, समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन् । नविन निरौलाले सम्पादन गरेको भिडियो उत्कृष्ट बनेको छ। यसपालिको तीजमा हिन्दू नारीहरुले यो गीतमा राम्रै मनोरञ्जन गर्ने निर्माण पक्षको आशा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *