कीर्ते गरी प्रहरी सेवामा प्रवेश गरेका डीएसपी सिंहलाई ८ महिना कैदको सजाय

काठमाडौं । सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्धा दर्ता गरेलगत्तै सिंह निलम्बित भएका थिए । विशेष अदालतले भ्रष्टाचार मुद्दामा गत चैतमै डीएसपी सिंहलाई दोषी ठहर गरेको थियो।

फैसलाको पूर्णपाठमा डीएसपी सिंहलाई ८ महिना कैद र १५ हजार जरिवनाको फैसला सुनाइको छ । जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवना सुनाइएको हो । सिंहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को (१) बमोजिको कसुर गरेको पूर्णपाठमा उल्लेख गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *