काठमाडौँ । प्रहरीले काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेटरमा छापा मारेको छ । सोमबार प्रहरी परिसर काठमाडौंले तीनकुने र गैरीगाउँका तीन स्थानमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।
परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले कल सेन्टरमा छापा मारी कागजागत नियन्त्रणमा लिएको जानकारी दिए ।
यसअघि प्रहरीले आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको थियो । प्रहरीले कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई प्रकाउ गरेको छ ।
