काठमाडौ । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन् । आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ ।