सुमो काउन्टरमा यात्रुलाई हैरानी दिने १० जना पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन । यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बस्ने सिन्धुलीका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका सञ्जय तामाङ, कैलालीका राजु थापा, पर्सा वीरगञ्जका राजिवकुमार सिंह, सिन्धुलीका नितिश राणा, सर्लाहीका रविन्द्र चौधरी, काठमाडौँ बस्ने भारत विहारका राकेशकुमार श्रीवास्तव, कीर्तिपुर बस्ने रौतहटका आकाश तामाङ, नागार्जुन बस्ने इलामका दोर्जे गुरुङ र काठमाडौँको दक्षिणकालीका राम तामाङ रहेका छन् ।

उक्त काउन्टरमा केही व्यक्तिले यात्रुलाई अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले बिहीबार सडकबाटै जबरजस्ती तानी दुःख दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *