यम बुद्धकाे शालिक निर्माण गर्ने महानगरकाे निर्णय स्वागतयाेग्य: विष्णु पाैडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन्।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’

काठमाडौं महानगरपालिकाले यम बुद्धको शालिक बनाउन बजेट मै व्यवस्था गरेपछि मेयर बालेनको चौतर्फी आलोचना भएको थियो । पछि उनले आफ्नै तलवबाटै शालिक बनाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *