चितवन । चितवनमा एकैदिन सशस्त्र प्रहरि बलको २ वटा बोर्डर आउट पोस्ट (बिओपि )स्थापना गरिएको छ ।
चितवनको माडी नगरपालिका– १ गर्दि स्थित केदारेश्वर प्राबि र सोही नगरपालिका – ९ स्थित राइडांडा प्रथमिक बिध्यालयमा ति बिओपि स्थापना गरिएका हुन् ।
मर्ज भए पछि खालि रहेका बिद्यालयमा ती बिओपी स्थापना गरिएको सशस्त्र प्रहरि बल १७ नम्बर गण चितवनका एसपी दिपक कुमार थापाले जानकार दिए ।
सशस्त्र प्रहरी बल बाग्मती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनिपति सशस्त्र प्रहर िनायब महानिरिक्षक मन्दिप श्रेष्ठले बिओपि उद्घाटन गरेका हुन् ।
दुबै बिओपिमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको हो । बिओपी स्थापना संगै चितवनको सिमावर्ती क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानीयले बताएका छ्न् ।
एकैदिन चितवनमा दुई बीओपी स्थापना
