कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार गरिएको परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

रिपोर्ट पोजेटिभ आएसँगै आफू होम आइसोलेनसमा बसेको श्रेष्ठले बताएका छन् । उनले लेखेका छन्, ‘शनिवार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ। अहिले म होमआइसोलेसनमा बसेको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *