काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पर्यटन पुनरुत्थानमा लाग्न अपिल गरेका छन् ।
४१ औं विश्व पर्यटन दिवसको अवसर पारेर चोभारस्थित मञ्जुश्री पार्कमा गरिएको बृक्षारोपण कार्यक्रममा मन्त्री भट्टराईले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेका तत्कालीन एवं दीर्घकालीन असरलाई कम गर्न आन्तरिक तयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भनेकै पर्यटन भएकाले संसारको छानाका रूपमा विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल नेपाललाई अन्तराष्ट्रिय जगतमा प्रवर्द्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेकोसमेत उल्लेख गरे ।
कार्यक्रममा पर्यटन सचिव केदारबहादुर अधिकारीलगयतको उपस्थिति रहेको थियो ।

