चेल्सी बराबरीमा रोकियो, एभर्टन विजयी

प्रज्ज्वल थापा ।

इङ्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी वेस्ट ब्रोमसित बराबरीमा रोकिएको हो । चेल्सी पहिलो हाफमै ३-० ले पछिपरेको थियो । घरेलु टोलीको लागि रोविन्सनले दुई गोल र बार्टिलीले एक गोल गरेका थिए ।

पछि परेको स्थितिमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गरेको थियो । वेस्ट ब्रोमले खेलको सुरुवातमै पेरेराको पासमा रोविन्सनले गोल गरेपछि अग्रता लिएको थियो । तीन मिनेटको अन्तरालमा रोबिन्सनले व्यक्तिगत दोस्रो र बार्टेलीले एक गोल गरेपछि ब्रोम पहिलो हाफमा तीन गोलले अगाडि बढेको थियो । तर चेल्सीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो ।

५५ औं मिनेटमा मेसोन माउन्टले गोल गरेपछि चेल्सीले एक गोल फर्काएको थियो । ७० औं मिनेटमा काइ हाभार्टको पासमा हड्सन ओडिले गोल गरेपछि चेल्सी ३-२ को स्थितिमा थियो । खेलको अतिरिक्त समयमा ट्यामी अब्राहामले गोल गरेपछि चेल्सीले हार टारेको थियो । यस बराबरीसँगै चेल्सी चार अङ्क जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

यस्तै आर्को खेलमा एभर्टनले क्रिचल प्यालेसलाई २-१ गोल अन्तरले हराउँदै लिगमा शतप्रतिशत जित कायम राखेको छ । शनिबार भएको खेलमा एभर्टनलाई जित दिलाउन १० औं मिनेटमा कालभेट लेविन र ४० औ मिनेटमा रिचार्लिसनले पेनाल्टीमा गोल गरे ।

प्यालेसका कौयातेले गरेको गोल सान्त्वनामा सीमित भयो । जितसँगै एभर्टन खेलेको तीनै खेलमा जित निकाल्दै ९ अङ्कको साथ शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *