केकी र आँचलको मुख्य भूमिका रहेको ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक

काठमाडौं । नायिका केकी अधिकारी र आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर बुधबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । कपनगढी फिल्म र फिल्म क्र्यू नेपालको ब्यानरमा निर्माण भएको फिल्म भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित छ । आगामी भदौ १७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने तयारीमा रहेको चलचित्रमा आँचल र केकीसँगै मुकुन भुषाल र कुशल विष्टको मुख्य अभिनय रहेको छ ।

कुशलले यहि फ्लिमबाट चलचित्रमा डेब्यु गर्दैछन् । सिनेमामा केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिने छन् । यस्तै चलचित्रमा विजय देउजा, हिउँकला गौतम, आयान खड्का, संगम भण्डारी तथा अभय राज बरालको अभिनय रहेको छ । समिक्षा देउजा र प्रतिक देउवाको लगानीमा बनेको फिलमलाई मदन कश्यो घिमिरेले खिचेका छन् ।

प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको फिल्ममा विष्णु घिमिरेको छायाङ्कन र मित्र डि गुरुङको सम्पादन छ ।  यस्तै चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *