चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ । ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ ।

अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ । चलिचित्र निर्माण सविन ज्ञवाली र मनोज अधिकारीले गरेका छन् । माओवादी द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथामा चलचित्र आधारित छ ।

निर्देशक बरालले फिल्म २०७२ सालमा शुरु गरेपनि भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन लगायतका कारण सम्पन्न हुन नसकेको बताए । चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ ।

चलचित्रको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा र एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई छन् । यो चलचित्रको निर्माण करिव ७ वर्ष अगाडि शुरु भएको थियो । चलचित्र आउँदो असार २४ गते देशभर प्रदर्शन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *