पोर्चुगलमा बन्यो साझा सद्भाव समुहको सत्रौं राष्ट्रिय समिति

काठमाडौं । यूरोपेली मुलुक पोर्चुगलमा साझा पार्टीले साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन गरेको छ । सेप्टेम्बर २३ का दिन पोलेन्द्र अधिकारीको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो। ५२ जनाको समुहबाट उक्त समिति चयन गरिएको हो।

नवगठित समितिमा संयोजक पोलेन्द्र अधिकारी, सह-संयोजक मेजन राई, प्रवक्ता दीपक गौतम, सचिव चक्रा खड्का र उपसचिव अनिल भूषाल छन् । यसैगरी सदस्यहरुमा नवीन ढुंगाना, जीवनकुमार श्रेष्ठ, इन्द्रा श्रेष्ठ, कुबेर कार्की, राजन गौतम, प्रसान्त तिमिल्सिना चयन भएका छन् ।

यूरोपेली महादेशीय संयोजक एस के श्रेष्ठको प्रयासमा समिति गठन गरिएको संयोजक अधिकारीले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

साझा पार्टीले १७ वटा मुलुकमा आफ्नो साझा सद्भाव समुहको राष्ट्रिय समितिको गठन गरिसकेको छ । यूरोपेली महादेश भित्र बेलायत, डेनमार्क, पोल्याण्ड, जर्मनी र आयरल्याण्डमा यसअघि नै समिति गठन भैसकको छ भने स्पेनमा समिति गठन प्रक्रिया अन्तिम चरणमा पुगेको यूरोपेली महादेशीय संयोजक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *