गृह मन्त्री सहितको टोली तिंकरको निरीक्षण गर्दै

कैलाली । गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले शनिबार विहान तिंकर र कालाकानी क्षेत्रको हवाई निरीक्षणको लागि त्यस तर्फ प्रस्थान गरेका छन । बिहानै त्यस क्षेत्रको निरीक्षण गर्न निस्केको टोली व्यासमा स्थापना भएको सशस्त्र प्रहरीको गुल्म उद्घाटन गर्ने कार्यतालिका रहेको छ।

गृहमन्त्रीको टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृह सचिव महेश्वर न्यौपाने,सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत छन्।
त्यसैगरी चीनसँग जोडिएको तिंकरको वस्तुस्थितिबारे पनि उनले जानकारी लिएका छन्।साथै भारतीय सुरक्षाकर्मी बसेको कालापानी र गर्ब्याङ गाउँबारे पनि स्थानीय सुरक्षा अधिकारीबाट जानकारी लिएका छन्।

छाङरुमा गुल्म स्थापनासँगै एक साताअघि सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाहको कमाण्डमा टोली खटिइसकेको छ । गुल्ममा १६० जना रहनेछन् । यसअघि बीओपीमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *