सिसडोलमा ग्रासरुट रंगशाला बनाउने बालेनको चाहना

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्वाङसँग छलफल गरेका छन्। उक्त भेटका क्रममा नुवाकोटको ल्यान्डफिल्ड साइट सिसडोलमा ग्रासरुट रंगशाला बनाउनेबारे छलफल भएको जनाइएको छ ।

महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न मेयर शाहले चाहेको उनको सचिवालयले जानकारी दिएको छ।

‘लिग खेल्ने काठमाडौंका क्लबमा बाहिरका खेलाडीकै वर्चस्व छ, स्थानीय खेलाडी टिममा हुनै छाडेको छ, त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेन्द्रको भनाई उदृत गर्दैै सचिवालयले भनेको छ, ‘हामी सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौंभन्दा १२ किलोमिटर मात्र टाढा छ। अहिलेको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *