मिस नेपाल–२०२२ को ताज पहिरिने दौडमा २४ युवती, आजै छानिने

काठमाडौं। २४ किशोरीहरु मिस नेपाल–२०२२ को ताज पहिरिने दौडमा छन्। । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् ।

प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् ।

हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपालका लागि यो वर्ष देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए। जसमध्ये १९६ जनाले अडिसन दिएका थिए। जसबाट २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *