भारतले सन् २०२५ सम्म क्षयरोगको संक्रमण अन्त्य गर्ने

भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री यशोवर्धनले भारतले आगामी सन् २०२५ सम्ममा क्षयरोगको संक्रमणको अन्त्य गर्ने जानकारी दिएका छन् । उनले विश्व स्वास्थ्य संगठनका स्वास्थ्यमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्री यशोवर्धनले भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा क्षयरोगको संक्रमणको अन्त्य गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।

भारत र अरु देशहरुमा पनि क्षयरोग एक प्रमुख स्वास्थ्य चुनौतीका रुपमा रहेको भन्दै उनले संक्रमण नियन्त्रणका कार्यक्रमलाई भारत सरकारले प्राथमिकतामा राखेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *