ऋषि धमला चुनाव लड्ने तयारीमा, चितवनमा प्रचण्डसँग भिड्ने !

काठमाडौं । संघीय संसद्को निर्वाचन आउन अझै धेरै समय बाँकी छ । सरकारले चुनावको मिति पनि घोषणा नगरेको अवस्थामा विभिन्न पेशा र क्षेत्रमा ख्याँति कमाएका व्यक्तिहरुले भने धमाधम चुनाव लड्ने घोाषणा गर्न थालेका छन् । खासगरी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर, धरान र धनगढीजस्तो प्रसिद्ध ठाउँमा स्वतन्त्रहरुले बाजी मारेपछि आगामी संसद्को निर्वाचनलाई मध्यनजर गर्दै स्वतन्त्र छवि बोकेका व्यक्तिहरुले पनि चुनाव लड्ने तयारी गरेका छन् ।

पत्रकारितामा लामो समयदेखि सक्रिय जीवन बिताईरहेका चर्चित पत्रकार ऋषि धमलापनि संसद्को निर्वाचन लड्ने तयारीमा जुटेको स्रोतको दाबी छ । धमलालाई विभिन्न जिल्लाबाट चुनाव उठ्नको लागि युवा पुस्ताले दबाब दिन थालेका छन् । जनतामा धमलाको क्रेज देखेर नै उनीहरुले आ आफ्नो क्षेत्रबाट चुनाव लड्न आग्रह गरेको बुझिएको छ । पछिल्लो समय धमलालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध चुनाव लड्नेगरि तयारी थाल्नको लागि चिवतनका जनताले दबाब दिन थालेको पाईएको छ ।

धमलाको सक्रियता र निश्पक्ष पत्रकारिताबाट जनता खुशी छन् । उनी शासकहरुलाई जनताको पक्षमा प्रश्न सोधेर र्याखर्याख्ती पार्छन् । अहिले उनको जनता जान्न चाहन्छन् र धमलाको हमला टिभी कार्यक्रम लोकप्रिय छन् । उता, नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने कार्यक्रम नेपाली बहस त जनताले सबैभन्दा बढि सुन्ने कार्यक्रम बन्न सफल भएको छ । धमला स्वयमले भने चुनावमा उठ्ने वा नउठ्ने भन्नेबारे कुनै धारणा बनाईसकेका छैनन् । तर, देशको जुनसुकै जिल्लाबाट चुनाव लडेपनि धमलाले सजिलै चुनाव जित्नसक्ने लख काटिएको छ ।

उनको गृहजिल्ला भने धादिङ हो । उनी हाल काठमाडौंको रानवीबारीमा बस्छन् । उनलाई यसअघि पनि गृहजिल्लाबाट चुनाव लड्नको लागि मुख्य दलका शीर्ष नेताहरुले नै प्रस्ताव गरेका थिए । तर, धमलाले भने आफू केही समय अझै पत्रकारितामा नै सक्रिय हुने भन्दै नेताहरुको त्यस्तो प्रस्ताव अस्विकार गरेका थिए । यसपटक भने उनी पनि चुनाव लडेर जनताको प्रत्यक्ष सेवा गर्ने हो कि भन्ने मुडमा पुगेका छन् । उनलाई काठमाडौंको क्षेत्र नम्बर ५ बाट पनि चुनाव लड्नको लागि युवा पँक्तिले दबाब सिर्जना गरेको छ । धमलाको नेतृत्वमा अहिले रिपोर्टर्स क्लब नेपाल, रिपोर्टर्स नेपाल डटकम, नेपाली रेडियो नेटवर्क, प्राइम टिभी र दिव्यदर्शन टिभी (मोफसल) सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *