काठमाडौं । एक करोड भन्दाबढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलेले नयाँ बजारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ ।
