निर्देशक मनबहादुर पुनको निर्देशनमा बनेको पछिल्लो म्युजिक भिडियो ‘दशा’ सार्वजनिक भएको छ । करिब पाँच वर्षपछि म्युजिक भिडियो निर्देशनमा फर्किएका पुनले उक्त म्युजिक भिडियो निर्देशन गरेका हुन् ।
रोजगारीका लागि विदेशिने नेपालीहरुको वास्तविक कथामा आधारित उक्त गीतमा गायक भरत परियार र पूर्णिमा परियारको स्वर रहेको छ भने लक्षुप्रकाश मल्लले संगीत संयोजन गरेका छन् ।
मनास्लु टिभीबाट सार्वजनिक गरिएको यस गीतको निर्देशनका साथै छायांकन र सम्पादन पनि पुनले नै गरेका छन भने मिलन लामा, रिया पन्त, सिद्धान्त लामा, कविता लामा, अमर सिलवाल र अरुण तामाङको अभिनय रहेको छ ।
पुनले दर्जनौ म्युजिक भिडियो तथा ३७ वटा कल्चरल फिल्मको समेत निर्देशन गरेका थिए । उनले यसअघि ‘समर्पित’, ‘मायाको बन्धन’, ‘हजारी’, ‘तिम्रै हुँ म’, ‘टाढाको माया’, ‘लाङ्घाली’, ‘मिसन यार्सा’, ‘लेखान्त’, ‘घाटु’, ‘झल्को’ जस्ता दर्शकले सर्वाधिक रुचाएका फिल्मको निर्देशन गरेका थिए ।
