एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत आज हुने इलिमिनेटरको खेलमा लखनउ सुपर जायन्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कलकतामा केहिबेरमा शुरु हुने खेलमा लखनउले टस जितेर रोयल च्यालेन्जर्स बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
बैंगलोरको प्लेइङ ११:- फाफ डुप्लेसिस(कप्तान), विराट कोहली, ग्लेन म्याक्सवेल, रजत पतिडर, महिपाल लोमर, दिनेश कार्तिक, शहबाज अहमेद, वानिन्डु हासारांगा, हर्सल पटेल,मोहम्मद सिराज, जोस हजेलवुड
लखनउको प्लेइङ ११:- केएल राहुल(कप्तान), क्विन्टिन डि कक, इभिन लुइस, दीपक होडा, मनान भोरा, मार्कुस स्टोइनिस, कुर्नाल पाण्ड्य, दुश्मान्था चामेरा, मोहबिन खान, आभेष खान, रवि बिश्नोइ
