बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेय निर्वाचित भएका छन् । ३० हजार १३० मत ल्याई पाण्डे मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल २४ हजार ९०४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरेका छन् ।