नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न युएईलाई पर्यटनमन्त्रीको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । सिंहदरबारमा आइतबार युएईका राजदूत नाब्बीसँग भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयन क्षेत्रमा युएई सरकार र व्यवसायीहरुलाई लगानी गर्न अनुरोध गरे ।

मन्त्री भट्टराईले कोभिड–१९ महामारीका समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकको उडानका लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि सहकार्य जारी राख्न आग्रह गरे । राजदूत नाक्बीले काठमाडौंँ युएई उडान थप गर्न आग्रह गर्नुभएको थियो । सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाँडै निर्णय लिने जानकारी दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *