काठमाडौँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई दूतावासको टोलीले भेट गरेको छ ।
चिनियाँ राजदूत झाङ माओमिङसहितको टोलीले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर आफ्ना नागरिकसँग भेट गरेको हो । टोलीले उनको स्वास्थ्य अवस्था र उपचारबारे लिएको दूतावासले जनाएको छ ।
शनिबार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट चिनियाँ नागरिकको उद्धार गरिएको थियो । उनी भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण सुरुङ भित्रै थुनिएका थिए।
