सुदूरपश्चिमका चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र दाहाल धनगढीमा

काठमाडौं। प्रधानमन्त्री एवं कंग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् ।

देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड पनि राति अबेर धनगढी पुगेका छन् ।

देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । अहिले ११ बजे धनगढीमा हुने आमसभालाई देउवा, प्रचण्डसहितका नेताले सम्बोधन गर्ने छन्। धनगढीको कार्यक्रम सकेर देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने छन्।

प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *