कीर्तिपुरका लागि यस्तो छ दलीय प्रतिबद्धता

काठमाडौं।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार आफ्नो घोषणापत्र लिएर भोट माग्दै घरदैलो अभियानमा छन्। उमेदवारहरूले आफ्नो घोषणा पत्रमा विभिन्न विकासका योजनासँगै कीर्तिपुरको मौलिक संस्कृतिलाई जोगाउने प्रतिबद्धता जनाएका छन्।

मुख्यगरी कांग्रेस, एमाले र माओवादी केन्द्रले कीर्तिपुरको मौलिक संस्कृति जोगाउनका लागि आ–आफ्ना योजना उल्लेख गरेका छन्। सरकारले कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा सांस्कृति संग्रालय बनाउने काम अघि बढाइरहेको छ भने कीर्तिपुर नगरपालिकाले कीर्तिपुरको स्थापना, सभ्यता, संस्कृतिलगायत इतिहासलाई समेटेर ‘कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याएको छ। लिच्छवीकालको उतराद्र्धमा करिब ११औं शताब्दीमा शिवदेव तृतीयले स्थापना गरेको उक्त स्थानमा पाइएका लिपी, शिलापत्र, ताम्रपत्रको अध्ययनका आधारमा संस्कृतिको अनुसन्धान समावेश गरी कृति प्रकाशन गरेको छ।

राजनीतिक दलका नेताहरूले सार्वजनिक रूपमा सांस्कृतिक क्रान्ति, पर्यावरण क्रान्ति, आर्थिक क्रान्ति गर्नुपर्ने बताइरहेका हुन्छन्। समाज एउटा सुमधुर ढंगबाट अघि बढ्नका लागि संस्कृतिको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ। नेकपा एमालेले आफ्नो घोषणापत्रमा चम्पादेवी र जलविनायक क्षेत्रमा प्राकृतिक र पर्यावरणीय स्वरूप नबिग्रने गरी उद्यान र पार्क निर्माण गरिने उल्लेख गरेको छ।

एमालेले पुष्पलाल पार्कदेखि चम्पादेवी हुँदै कुलेखानीसम्म ट्रेकिङ रुट निर्माण गर्न अन्तरपालिका समन्वय गरी बनाइने नीति लिएको छ। कीर्तिपुरको नेवारी खानालाई प्रवद्र्धन गर्ने, सांस्कृतिक पर्वहरूलाई थप व्यवस्थापन गरिने, कीर्तिपुरका मौलिक र काष्ठकलायुक्त स्थलमा चलचित्र छायांकनलाई प्रोत्साहन गर्ने नीति एमालेले लिएको छ। एमालेको कीर्तिपुर सांस्कृतिक संग्रहालय स्थापना र सञ्चालनमा जोड दिइने नीति छ।

कांग्रेसले ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने, मौलिक संस्कृतिको प्रचार गर्दै पर्यटकीय नगरी बनाउने, कीर्तिपुर नगरपालिकाभित्र दाफा ९संस्कृति० को संरक्षण सम्वद्र्धनका लागि दाफा अनुसन्धान केन्द्र स्थापना गर्ने नीति लिएको छ। ऐतिहासिक वस्तीमा तत्तत् क्षेत्रको संस्कृति झल्किने गरी होमस्टे सञ्चालन गर्ने लगाएतका प्रतिबद्धता कांग्रेसले लिएको छ।

माओवादी केन्द्रले चम्पादेवीमा निर्माणाधिन राष्ट्रिय संग्राहलयको कार्य योजना पूरा गर्ने र कीर्तिपुर तथा चोभार क्षेत्रमा स्थानीय समुदायसँग समन्वय गरी सांस्कृतिक, प्राकृतिक संग्रहालय स्थापना गर्ने नीति लिएको छ। कीर्तिपुर नगर संस्कृति संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ को प्रभावकारी कार्यन्वयन गर्ने नीति यो पार्टीको रहेको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *