विमानभित्र १० हजार डलर बेबारिसे अवस्थामा फेला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानमा दश हजार डलर बरामद भएको छ । प्रहरीकाअनुसार १०० दरका १०८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर बरामद गरिएको हो ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्यान्ड ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी प्रहरीले बरामद गरेको हो । बरामद डलर राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *