दक्षिण अफ्रिकामा बाढीबाट मृत्यु हुनेको संख्या ४३५ पुग्यो

दक्षिण अफ्रिकाको क्वाजुलु–नाताल बाढीबाट मर्नेको संख्या ४३५ पुगेको छ । प्रहरी मन्त्री भेकी सेलेले मृतकको संख्या ४३५ पुगेको जानकारी दिए ।

उनले आपत्कालीन राहत, शान्ति सुरक्षा र अवसरवादी अपराध रोक्न ३ हजार प्रहरी अधिकारी र ९ सय क्वाजुलु–नाताल प्रान्त मेट्रो प्रहरी खटाएको जानकारी दिएका छन् । सेनाले चिकित्सक, नर्स, मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता र फार्मासिस्टसहित १० हजारलाई त्यस क्षेत्रमा खटाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *