चितवनमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ का ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

भदौ २६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *