विश्व शान्तिमा सेनाको ६४ वर्षः हालसम्म ७२ जनाको सहादत

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिकको निधन भएको छ। कंगोमा खटिएको नेपाली सेनाको श्री क्युआरएफ ९शान्ति सेना० पाँचौं डफ्फामा कार्यरत सुर्खेत गुर्भाकोट नगरपालिका–१४ का ३२ वर्षीय अनिल गुरुङको निधन भएको हो।

नेपाली शान्ति सैनिकहरूले त्यहाँका विद्रोही सशस्त्र समूहलाई निरुत्साहित गर्न पछिल्लो समय अपरेसन ‘बाली’ सञ्चालन गरेको थियो। सोहीअनुसार मंगलबार प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीले ‘कर्डन एन्ड सर्च’ कारबाही गरेर विद्रोहीको इलाका कब्जा गरेको थियो। त्यसपछि विद्रोहीहरूको जवाफी ‘चोरी’ फायरबाट गुरुङ घाइते भएका थिए। त्यसपछि उनको उपचारका क्रममा बुधबार निधन भएको हो।

विश्व शान्तिका लागि खटिएर ज्यान गुमाउने गुरुङ पहिलो नेपाली शान्ति सैनिक भने होइनन्। नेपाली सेनाको सैनिक मुख्यालयका अनुसार यसअघि ७१ जनाले ज्यान गुमाइसकेका थिए। पछिल्लोपटक गत मंसिरमा मात्रै दक्षिण सुडानमा खटिएको श्री हाई रेडिनेस गुल्म ९शान्ति सेना० पाँचौं डफ्फामा कार्यरत दीपेन्द्र बस्तीले ज्यान गुमाएका थिए।

त्यसअघि यसै वर्षको वैशाखमा लेबनानमा खटिएको श्री बर्दबहादुर गण ९शान्ति सेना० ६२औं डफ्फामा कार्यरत पीताम्बर थापाको पनि निधन भएको थियो। नेपाली सेनाको मख्यालयले जनाएअनुसार सबैभन्दा पहिला २०३६ सालमा लेबनानमा कार्यरत श्री फस्र्ट राइफल गण ९शान्ति सेना० मा कार्यरत सिपाही गंगाबहादुर दर्लामीको निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *