धादिङमा कांग्रेसका कार्यकर्ताबीच कुटाकुट

धादिङ। धादिङको खनियावास गाउँपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट भएको छ। स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच झडप भएको हो।

मंगलबार राति कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कुटपिटमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेको भन्दै प्रहरीले थप छानविन गरिरहेको जनाएको छ।

दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्। अनुहारमा चोट लागेका तामाङको अवस्था भने सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *