काठमाडौं, चैत १६ । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले दिउँसो २ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेका हुन् । स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न ओलीले निर्देशन दिनेछन् ।
अध्यक्ष ओलीले अहिले ११ बजे भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा दुई अर्ब रुपैयाँको लागतमा सञ्चालनमा आएको उद्घाटन गर्दैछन् । उक्त कार्यक्रमपछि अध्यक्ष ओलीले पार्टी कार्यालयबाट देशभरका स्थानीय तहका अध्यक्षलाई सम्बोधनको कार्यक्रम रहेको छ ।