धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार भदौ २८ गते कोरोना पोजेटिभ देखिएका ती पुरुषलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
