क्यानडा ३६ वर्षपछि विश्वकप फुटबल प्रतियोगितामा छनोट

एजेन्सी। क्यानडा ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ । उत्तर अमेरिका छनोटमा जमैकालाई ४–० गोलले पराजित गर्दै क्यानडाले यही वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनौट हुन सफल भएको हो ।

क्यानडाले पछिल्लो पटक सन् १९८६ को विश्वकप खेलेको थियो । ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा क्यानडाका लागि बुचानन, लारिन, होइलेट र मरिआप्पाले गोल गरेका थिए ।

छनोटमा अन्तिम खेलअघि क्यानडाको २८ अंक भएको छ । २५–२५ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेका अमेरिका र मेक्सिकोको पनि छनोट हुने सम्भावना बाँकी छ । यो क्षेत्रबाट तीन टिम सिधैं विश्वकपमा पुग्नेछन् भने चौथो टिमले अन्तरमहासदेशीय प्लेअफ खेल्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *