जर्मन कपमा डर्टमुन्डको सानदार जित

प्रज्जवल थापा ।
बोरुसिया डर्टमुन्डले जर्मन कपमा सनदार जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा डर्टमुन्डले डुइसबर्गमाथी ५ ० को फराकिलो जित हासिल गरेको छ ।

खेलको १५ औं मिनेटमा डर्टमुन्डलाई जेडन सान्चोले अग्रता अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा मिडफिल्डर जुड बेलिन्घमले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । ३८ औं मिनेटमा डुइसबर्गका डोमिनिक भोल्क्मरले रातो कार्ड पाउँदै मैदान छोडेपछि डुइसबर्ग १० खेलाडीमा सीमित भएको थियो ।

पेनाल्टी क्षेत्रको ठिक बाहिर पाएको फ्रिकिकलाई थोर्गन हाजार्डले गोलमा परिणत गर्दै टोलीलाई ३ ० को अग्रता दिलाए । जिओ रेइनाले ५० औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै सहज जिततर्फ अग्रसर गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कप्तान मार्को रिउसले चोटबाट पुनरागमन गर्ने क्रममा आफ्नो पहिलो टचमा नै गोल गर्दै डर्टमन्डको जित सुनिश्चित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *