नर्सिङ पेसा: खर्च धेरै रोजगारी कम

काठमाडौं। काठमाडौं चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन तर भनेजस्तो काम पाईनन् । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुईरतीन महिना काम गरेपछि बल्ल सात हजार रुपैयाँ दियो ।

उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन ।

तुलसा एक वर्षको तयारीपछि बेलायत गईन् । त्यहाँको कमाइले उनी अहिले सन्तुष्ट छन् । उनले भनिन्, “नेपालमै राम्रो जागिर भएको भए विदेश आउनुपर्ने थिएन ।”उनीमात्र होइन, सुविना कालाखेतीले नर्सिङ पेसा धेरै राम्रो भन्ने सोचेर पढ्न थालिन ।

खर्च कति लाग्ने थाहै नभई अध्ययन थालेकी सुविनालाई नाम निकालेपछि मात्र कलेजलाई शुल्कमात्र छरसात लाख रुपियाँ बुझाउनुपर्ने थाहा भयो । सुविनाले भनिन्, “यति महँगो पढाइ हुन्छ भन्ने थाहा पाएको भए पढ्दिनथेँ ।”

जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाईनन् । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्ट्रेलियामा छिन् ।

त्यस्तै, आठ वर्षअघि आर्मी मेडिकल कलेजबाट बीएस्सी नर्सिङ पास गरेकी गोङ्गबुकी रेश्मा लोहनीले आफन्तको चिनजानका आधारमा तीनकुनेका एक अस्पतालमा काम गर्न थालिन तर सुरुमा बेतलबी काम गरेको केही समयपछि मात्र मासिक आठ हजार बनाइदिएको थियो । चित्त नबुझेर लोहनी अस्ट्रेलिया पुगिन् ।

तुलसा, सुविना र रेश्मा त प्रतिनिधि हुन् । नेपालमा लाखौँ खर्च गरेर नर्सिङ शिक्षा अध्ययन गरे पनि रोजगारी नपाउने नर्स धेरै छन् । ती सबै नर्स विदेश पलायन भइरहेका वा हुनेक्रममा रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *