Skip to content
आइतबार, १४ असार २०८३
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

४ चैत, २०७८नेपाल समाजगण्डकी

तनहुँ । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो ।

महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताए । “महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ”, उनले भने । त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिए । तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताए । तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना राख्न मिल्ने क्षमता छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ । कारागारको पुरानो कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो ।

गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुग हुँदा चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो ।

सम्बन्धित खवर

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

६ महिना अघि
चीनमा पर्यटन प्रवर्द्धन गर्दै नाट्टा गण्डकी

चीनमा पर्यटन प्रवर्द्धन गर्दै नाट्टा गण्डकी

२ बर्ष अघि
वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

२ बर्ष अघि
पृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक

पृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक

२ बर्ष अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गाडीमा कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

गाडीमा कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

१ मिनेट अघि
एक निर्वाचनले कम्युनिष्ट आन्दोलनको भविष्य निर्धारण गर्दैनः पूर्वराष्ट्रपति भण्डारी

एक निर्वाचनले कम्युनिष्ट आन्दोलनको भविष्य निर्धारण गर्दैनः पूर्वराष्ट्रपति भण्डारी

१४ मिनेट अघि
फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँः अध्यक्ष ओली

फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँः अध्यक्ष ओली

२८ मिनेट अघि
कम्युनिष्ट घटकहरुबीच सहकार्यका लागि ढिला गर्ने मनसाय राख्नु दुर्भाग्यपूर्ण हुन्छः प्रचण्ड

कम्युनिष्ट घटकहरुबीच सहकार्यका लागि ढिला गर्ने मनसाय राख्नु दुर्भाग्यपूर्ण हुन्छः प्रचण्ड

१ घण्टा अघि
आत्मचिन्तन र आत्ममन्थन विना कम्युनिष्ट एकताको कुरा गर्नु व्यर्थः माधव नेपाल

आत्मचिन्तन र आत्ममन्थन विना कम्युनिष्ट एकताको कुरा गर्नु व्यर्थः माधव नेपाल

२ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy