मल नल्याउने दुई ठेकदारविरुद्धको कारबाही रोक्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले सम्झौताअनुसार रासायनिक मल आयात नगरी मलको अभाव सिर्जना गराउने दुई ठेकदारबिरुद्धको कारबाही रोक्न कृषि सामग्री कम्पनीको नाममा आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेजको कारबाही कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

‘दुवै कम्पनीलाई भदौ २१ मा गरिएको कारबाही तथा उक्त कारबाही कार्यान्वनय गर्न २२ मा पठाइएको पत्र तत्काल कार्यन्वयन नगर्नू नगराउनू,’ अदालतले जारी गरेको आदेशमा भनिएको छ ।

समयमै मल नल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले भदौ २१ गते शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलाई उनीहरुसँगको मल खरिद सम्झौता खारेज गर्दै जमानत जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेपछी उक्त निर्णयविरुद्ध ठेकदार कम्पनी रिट निवेदन लिएर उच्च अदालत गएका थिए । उक्त रिटमाथि सोमबार सुनुवाई गर्दै उच्च अदालतले दुबै पक्षलाई भदौ ३१ गते छलफलमा बोलाएको छ ।

अदालतको आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *