भन्सार छलेर ल्याएको सुनसहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैध रुपमा लुकाई छिपाई भन्सार छलेर ल्याएको ९४.९ ग्राम सुनको दुई थान ब्रासलेटसहित सप्तरीका ३६ वर्षीय एमडी सौकात अलीलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले कतार एअरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौँ आएका अलीले जिन्सको पाइन्टको दायाँ तथा बाँयातर्फ कम्मरको भागमा बाँधेर कालो कपडाको थैलीभित्र लुकाएको अवस्थामा विमानस्थलको आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ अलीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *