नक्कली नोटसहित तीन भारतीय पक्राउ

विराटनगर । प्रहरीले नक्कली भारतीय नोटसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रदेश एक प्रहरी कार्यालयका अनुसार विराटनगर महानगरपालिका–१३ बाट भारतीय १०० दरको ४८ थान नक्कली नोटसहित भारत बिहार पुर्णिया थान चोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम पक्राउ परेका छन् ।

उनीहरु सवार टेम्पोबाट विराटनगर–१३ नहर चोकमा सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा उक्त नक्कली नोट बरामद गरेको हो । निजहरुलाई नक्कली नोटसहित इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *