स्पेनिस लिग ला लिगा आज सुरु हुने

-प्रज्ज्वल थापा

दुलेगौँडा (तनहूँ) । स्पेनिस लिग ला लिगाको नयाँ सिजन आजबाट सुरु हुँदै छ। पहिलो खेलमा आज इभारले सेल्टा भिगोको सामना गर्दैछ । इभारको रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ ।

यस्तै अन्य खेलमा ग्रानाडाले एथ्लेथिक क्लबको सामना गर्दा कर्डिजले ओसासुनाविरुद्ध खेल्दैछ । कार्डिज यसै सिजन ला लिगामा बढुवा भएको थियो । अघिल्लो सिजनको उपाधि रियल म्याड्रिडले जितेको थियो ।

खेलको समय तालिका (नेपाली समय)

इभारविरुद्ध सेल्टा भिगो (बेलुकी ७ः४५ बजे)

ग्रानाडाविरुद्ध एथ्लेटिक क्लब (राति १०ः१५ बजे)

कार्डिजविरुद्ध ओसासुना (राति १२ः४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *