सचिवमा लियो दिक्षान्त प्रताप खाँण

पोखरा । लियो जिल्ला परिषद ३२५ बि १ नेपालको पोखरामा भएको १० औं जिल्ला अधिवेशनबाट लियो जिल्ला परिषद ३२५ (एम ) नेपाल लायन बर्ष २०२२/२३ अध्यक्षमा लियो सुशील भण्डारी र उपाध्यक्ष लियो अश्विन खतिवडा सतप्रतिशत मतले विजयी भएका छन् ।

यस्तै सचिवमा लियो दिक्षान्त प्रताप खाँण र कोषाध्यक्षमा लियो प्रेमराज तिवारीलाई अध्यक्ष लियो सुशील भण्डारीले मनोनीत गरेका छन् । खाँण लियो क्लब अफ वालिङ सिटीका संस्थापक हुन् । उनले प्रथम उपाध्यक्ष लायन बर्ष २०२०/२१ को लियो वालिङको अध्यक्ष, लियो जिल्ला परिषद ३२५ बि नेपालको जनसम्पर्क अधिकृत जस्तो महत्त्वपूर्ण जिम्मेवारी समाल्हिसकेका छन् ।

यस्तै खांड उत्कृष्ट उपाध्यक्ष , लियो वर्ष व्यक्ति जस्ता महत्त्वपूर्ण अवार्डबाट सम्मानित भैईसकेका छन् भने राजनीति सगै विभिन्न अन्य सामाजिक संस्थामा रहेर काम साथै नेतृत्वदाही भुमिका समेत खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *