प्रचण्ड र नेपाललाई पेलेरै अघि बढे देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक रुपमा निकै शक्तिशाली बन्दै गएका छन् । कांग्रेस सभापति समेत रहेका उनी पार्टीभित्र शक्तिशाली बनिसकेका छन् । बाह्य समर्थन पनि जुटाइसकेका छन् । शक्तिशाली बनेका देउवा पेलेरै बढ्न थालेका छन् ।

देउवाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपति समक्ष सिफारिश गराएका छन् । सत्ता गठबन्धन दलका नेताहरुमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव धकेल्न खोजेका थिए । प्रचण्डले वैशाखमा पहिले प्रतिनिधि सभाको चुनाव गर्न जोड गरेका थिए ।

माधव नेपालले मंसिर या फागुन २०७९ मा तीन तहको चुनाव एकसाथ गर्ने प्रस्ताव गरेका थिए । उनीहरुको प्रस्ताव र दबाबका बाबजुद देउवा ३० वैशाखमै चुनाव गर्न बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *