पुर्ण खोप लगाएका विदेशी पर्यटकले अष्ट्रेलियामा प्रवेश पाउँने

काठमाडौं। कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई अष्ट्रेलियाले प्रवेश गर्न दिने भएको छ । अष्ट्रेलियाले खोप लगाएका विदेशी पर्यटकहरुलाई फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको हो ।

यसअघि नै अष्ट्रेलियाले आप्रवासी दक्ष कामदार र विद्यार्थीका लागि आफ्नो सीमा खुला गरेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *