संविधान सभा सदस्य थापाको निधन

काठमाडौं। संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा दुमनसिंह थापाको निधन भएको छ । ह्याम्स अस्पतालमा उपचार गराईरहेका थापाको आईतबार राती मृत्यु भएको छ ।

मिर्गौला प्रत्यारोपण गरेको दुई बर्षपछि स्वास्थ्यमा थप जटिलता बढ्दै गएपछि अस्पताल भर्ना भएका थिए । अर्घाखाँची घर भएका डा थपा मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष थिए । एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थापा पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *