नेपाली कम्युनिष्ट पार्टीले गर्यो तीन निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले विभिन्न निर्णय गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शनिबार बसेको बैठकले सातै प्रदेशमा एकता सन्देश सभा आयोजना गर्ने, आम निर्वाचनको तयारी थाल्नेलगायतका तीन निर्णय गरेको हो ।

त्यस्तै बैठकले पार्टी अन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरुलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *