काठमाडौं । लुटपाट तथा आगजनीलगायतका हिंसात्मक घटना रोक्न नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेनाले विज्ञप्ति जारी गरी लुटपाटलगायतका हिंसात्मक घटना नरोकिएकाले आज राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने जनाएको छ ।
विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने काम’ गरेको उल्लेख गरिएको छ । त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि सेनाले अपीलसमेत गरेको छ ।

