सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन देउवालाई गगन र विश्वप्रकाशको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै मन्त्रीहरुलाई फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार संयुक्तरुपमा विज्ञप्ति जारी गरी उनीहरुले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन देउवालाई आग्रह गरेका हुन् । उनीहरुले सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *